नेपाल रिको हकप्रदमा लगानी गर्न अर्थ मन्त्रालयलाई मन्त्रिपरिषदले दियो सहमति
इन्स्योरेन्सले २० अर्ब रुपैयाँ पुँजी कायम गर्न बाँकी रकम हकप्रद सेयर निष्कासन गर्ने जुटाउने निर्णय गरेको थियो ।
काठमाडौं। सरकारले नेपाल रि-इन्स्योरेन्समा हकप्रद सेयर बापत थप लगानी गर्ने भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कम्पनीमा हकप्रद सेयरबापत थप लगानी गर्न अर्थ मन्त्रालयलाई सहमति दिएको छ । नेपाल रि-इन्स्योरेन्सको चुक्ता पुँजी अहिले १३ अर्ब ४२ करोड रुपैयाँ छ । इन्स्योरेन्सले २० अर्ब रुपैयाँ पुँजी कायम गर्न बाँकी रकम हकप्रद सेयर निष्कासन गर्ने जुटाउने निर्णय गरेको थियो ।
नेपाल बीमा प्राधिकरणले २०८० माघमा रि-इन्स्योरेन्सको चुक्ता पुँजी दोब्बर बनाउने निर्णय गरेकामा नेपाल रिमा सरकारको लगानी अनिश्चित हुँदा पुँजी बढाउने प्रक्रिया रोकिएको थियो । नेपाल रि इन्स्योरेन्समा सरकारको ४४.०४ प्रतिशत लगानी छ ।