मन्त्रिपरिषद्को बैठक आज पनि बस्दै

सरकारले आज पनि मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

काठमाडौं । सरकारले आज पनि मन्त्रिपरिषद्को बैठक बोलाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद्को बैठक बसेको थियो । उक्त बैठकले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश पनि जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको थियो ।लगातार दोस्रो दिन बस्न लागेको आजको मन्त्रिपरिषद् बैठकमा थप महत्वपूर्ण विषयमा छलफल तथा निर्णय हुन सक्नेछ ।