सातामा ५ प्रतिशतले बढ्यो सेयर बजार
काठमाडौं । यस साता नेप्से परिसूचक ५ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७३१.८० विन्दुमा बन्द भएको नेप्से, यस साता ५.०८ प्रतिशत अर्थात १३८.८३ अंक बढेर २८७०.६३ विन्दुमा पुगेको छ।
यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो १ कारोबार दिन घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स २८.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ९.९० अंक बढेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ३२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ११ अर्ब ९३ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४३.४० प्रतिशत बढेको हो। यस साता दैनिक औषत शेयर संख्या ५५.९२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३४.५२ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ५५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २ खर्ब ३१ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।