इन्फिनिक्स स्मार्ट १० सिरिज सार्वजनिक

काठमाडौं । इन्फिनिक्सले आफ्नो स्मार्ट १० सिरिज खन्तर्गत स्मार्ट १०, स्मार्ट १० प्लस र स्मार्ट १० एचडी – गरी तीन नयाँ डिभाइसहरू लन्च गरेको छ । इन्फिनिक्सले यी तीनओटै फोनहरूमा इन्ट्री–लेभल स्पेक्स, डीटीएस–ट्युन्ड लाउडस्पीकरहरू र धेरै आकर्षक रङ विकल्पहरू ल्याएको उल्लेख गरिएको छ ।


तीनओटै फोनहरूमा एचडीं रिजोल्युसन र ७०० निट्स पीक लोकल ब्राइटनेसको साथ ६.६७ इन्चको आईपीएस एलसीडीहरू समावेश गरिएका छन् । स्मार्ट १० एचडीमा ९० हर्ज रिफ्रेस रेट उपलब्ध छ भने स्मार्ट १० र स्मार्ट १० प्लस फोनहरूमा १२० हर्ज प्यानलहरू रहेका छन्। स्मार्ट १० ट्रियोले डीटीएस–ट्युनिङ र ३०० प्रतिशत भोल्युम मोडको साथ डुअल स्पिकरहरू पनि प्रदान गर्दछ ।


इन्फिनिक्सको उक्त नयाँ तीनओटा डिभाइसहरुमा युनिसोक टी७२५० (उर्फ टी६१५) चिपसेटको साथ ८ जीबी र्याम र २५६ जीबी सम्मको इन्टर्नल स्टोरेज समावेश गरिएको छ । साथै तीन नयाँ डिभाइसहरुमा माइक्रो–एसडी स्लटहरू र हेडफोन ज्याकहरू पनि उपलब्ध रहेका छन् ।


क्यामराको सन्दर्भमा, स्मार्ट १० र स्मार्ट १० प्लसले ८ मेगापिक्सेलको मुख्य क्यामराहरू र ८ मेगापिक्सेलको सेल्फी क्यामहरू समावेश गरेका छन् । त्यसैगरी स्मार्ट १० एचडीले १३ मेगापिक्सेलको मुख्य क्यामरासँगै एआई लेन्स र ८ मेगापिक्सेलको सेल्फी क्यामरा प्रदान गर्दछ ।


इन्फिनिक्स स्मार्ट १० प्लस स्लिक ब्ल्याक, टाइटेनियम सिल्भर, आइरिस ब्लू र रुबी रेड रङ्गहरूमा आउने बताइएको छ। यसको ४र१२८ जीबी ट्रिमको मूल्य ८२ अमेरिकी डलर र ८र१२८ जीबी संस्करणको लागि ९४ अमेरिकी डलर कायम गरिएको छ।


स्मार्ट १० स्लिक ब्ल्याक टाइटेनियम सिल्भर, आइरिस ब्लू र ट्वाइलाइट गोल्ड रङ्गहरूमा उपलब्ध हुने बताइएको छ। यसको ३र६४ जीबी ट्रिमको लागि ७० अमेरिकी डलर मूल्य कायम गरिएको छ।


इन्फिनिक्स स्मार्ट १० एचडी टिम्बर ब्ल्याक, शाइनी गोल्ड, क्रिस्टल ग्रीन र ग्यालेक्सी ह्वाइट रङ्गहरूमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।