नबिल बैंक गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं। नबिल बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ (एनबीपीए)द्वारा सम्मानित भएको छ ।

आइक्यानले आर्थिक वर्ष २०२३र२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड दिएको हो । आर्थिक वर्ष २०२२र२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेको थियो ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायले बैंकका वित्त प्रमुख सन्दीपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरे ।

बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्टस् (साफा)ले दक्षिण एसियाली स्तरमा आयोजना गर्ने साफा बीपीए अवार्डका लागिसमेत मनोनीत हुनेछ । हाल २६८ शाखा र ३२१ एटिएममार्फत सेवा दिँदै आएको छ ।