दिनभरि बढेर कारोबार भएको सेयर बजार, अन्तिममा घट्यो
आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.९८ अंकले घटेको छ । आइतबार विहान कारोबार खुलेदेखि दिभरजसो माथिल्लो विन्दुमा कारोबार भइरहेपनि अन्तिम समयमा सूचक झरेको हो । मध्यान्ह १ बजेपछि नेप्से सूचक २९२२.८४ अंकसम्म पुगेको थियो । त्यसपछि सम्हालँदै गरेको सूचक बन्द हुँदा भने २८६७.७६ अंकमा ओर्लिएको छ । गत विहीबार सूचक २८७०.६३ अंकमा थियो । आइतबार सवा ११ बजेतिर २८६१.०६ अंकमा झरेपनि त्यसपछि भने बजार सूचक बढेको थियो ।
आइतबार २१ अर्व ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँ कारोबार भ्एको छ ।