आर्थिक समृद्धिको लक्ष्य पुरा गर्न ब्यापक नीतिगत सुधार : पूर्वप्रधानमन्त्री दाहाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा आर्थिक समृद्धिको लक्ष्य पुरा गर्न ब्यापक नीतिगत सुधार आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीहरूसँग दाहालको निजी निवास खुमलटारमा भएको भेटमा समग्र राज्यले नै नयाँ तरिकाबाट काम गर्नुपर्नेमा जोड दिएका हन् । सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

त्यसअवसरमा अध्यक्ष दाहालले देशको आर्थिक विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको भन्दै राज्यको सोचमै परिवर्तन ल्याई निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्नेमा जोेड दिए ।

‘निजी क्षेत्रलाई सहजीकरण गर्ने नीति र संरचना तयार नगरी समृद्धिको लक्ष्य हासिल गर्न सकिँदैन’ अध्यक्ष दाहालले भने, ‘राज्यले दुःख दिने नभई सहजीकरण गर्ने मनोवृत्ति विकास गर्न जरुरी छ ।’

सीएनआईका पदाधिकारीहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रले खेलेको भूमिका र अध्यक्ष दाहाल प्रधानमन्त्री हुँदा भएको सहकार्यको स्मरण गरेका थिए ।