नेप्से २९०० माथि चढ्यो, १५३ कम्पनीको बढ्यो मुल्य
आइतबारको तुलनामा कारोबार रकम भने सोमबार घटेको छ ।
साताको दोसो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.७८ अंकले बढेको छ । सुचक बृद्धिसँगै नेप्से २९०२.७४ अंकमा चढेको छ । १५ मिनेटको मुल्य समायोजन पछि भने नेप्से २१.७६ अंकले बढेर २८९२.७२ अंक कायम भएको छ । आइतबार सुचक समायोजनअघि २.८७ अंकले घटेको नेप्से सुचक समायोजनपछि ०.३२ अंकले बढेको थियो ।
सोमबार ९६ कम्पनीको सेयर मुल्य घटेको छ । आइतबारको तुलनामा कारोबार रकम भने सोमबार घटेको छ । आइतबार २१ अर्व ४६ करोड ४९ लाख ९४ हजार कारोबार भएकोमा सोमबार १६ अर्व ३२ करोड ७१ लख रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार २ सय ११ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार बढी कारोबार हुने कम्पनी नेपाल रिइन्स्योरेन्सको ७५ करोड ६६ लाख बराबरको सेयर खरिद विक्री भ्रएको छ । बढेको बजारमा पनि ग्रिन डेभलपमेन्ट बैंंक, सप्तकोसी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मल्यमा नकारात्मक सर्किट लागेको छ । थ्रि स्टार हाइड्रोपावर, टे«ड टावर, सान्भी इनर्जी र उन्नति सहकार्य लघुवित्तको मुल्यमा सकारात्मक सर्किट लागेको छ ।