जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा फोरजीरटूजी सेवा सञ्चालन

काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट जिल्लाको छेडागाड नगरपालिका १ मा नेपाल टेलिकमले फोरजीरटूजी सेवा आज साउन ४ गतेबाट सञ्चालनमा ल्याएको छ ।

फोरजीरटूजी सेवा सञ्चालनमा आए पश्चात् छेडागाड नगरपालिका वडा नम्बर १,२,३ र ४ अन्तर्गतका साल्मा गाउँ, दशेरा गाउँ, सुवानाउली गाउँ, झाप्रा गाउँ लगायतका गाउँहरुमा सेवाग्राहीले नवीनतम दूरसञ्चार सेवाबाट लाभान्वित भएका नेपाल टेलिकमका कर्णाली प्रदेश निर्देशक डा। कमल लामिछानेले जानकारी दिएका छन् ।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुयाउने कार्यलाई सधैँ उच्च प्राथमिकमा राख्दै आएको जनाएको छ ।