नेपालमा भित्रियो मलेसियाली ब्राण्डको सनबिम तेल

काठमाडौं । नेपाली बजारमा सनबिम ब्रान्डको सनफ्लावर तेल भित्रिएको छ । उपभोक्तालाई गुणस्तरीय खानेतेल उपलब्ध गराउन शाइन नेपाल ट्रेडिङ कम्पनी प्राइभेट लिमिटेडले सनबिम ब्रान्डको सनफ्लावर तेल भित्र्याएको हो ।

सनबिम खानेतेल उत्पादनका लागि अग्रणी मुलुक मलेसियाको ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्रान्ड हो । सनबिम ब्राण्डका सनफ्लावर तेल बिक्री सुरु भएको कम्पनीका प्रबन्ध निर्देशक बरुण लोहियाले जानकारी दिए । 

लोहियाका अनुसार सनबिम तेल एसडी गुथ्री मलेसियाबाट उत्पादन भएको हो । यो कम्पनी विश्वकै ठूला खाद्यान्न तेल उत्पादकहरूमध्ये एक हो । सनबिम ब्राण्डको तेललाई नेपाली बजारमा नम्बर एक बनाउने आफूहरुको लक्ष्य रहेको उनको भनाइ छ ।

सनबिम सिंगापुरमा पहिलोपटक सनफ्लावर तेल ल्याउने ब्रान्डको रूपमा चिनिन्छ । यसले सनफ्लावर, क्यानोला, मकैको तेल (कर्न आयल), राइस ब्रान र नरिवलजस्ता प्राकृतिक स्रोतबाट उत्पादन गरिएका विभिन्न प्रकारका खाने तेलहरू उत्पादन गर्दैआएको छ । 

यी तेलको प्रयोगबाट खाना पकाउने स्वाद, बनावट, पोषण र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कम्पनीले जनाएको छ । विश्वकै ठूलो कम्पनीबाट नेपालमा गुणस्तरीय तेल आयात गर्ने शाइन नेपाल ट्रेडिङ लोहिया ग्रुपअन्तर्गतको कम्पनी हो । 

संसारका ९० भन्दा बढी देशमा उपस्थिति रहेको एसडी गुथ्रीको दिगोपन र गुणस्तरप्रति प्रतिबद्धता अब नेपाली भान्सासम्म आइपुगेको प्रबन्ध निर्देशक लोहियाले बताए । 

शाइन नेपाल ट्रेडिङले नेपालभरि विश्वस्तरीय एफएमसीजी सामग्रीहरूको आयात र वितरण गर्दै नेपाली उपभोक्तासमक्ष उत्कृष्ट उत्पादन पु¥याउने प्रतिबद्धता जनाएको छ ।