नेप्सेमा १० महिनापछिको उच्च बृद्धि, ६ दिनमा बढ्यो साढे २ सय अंक

मंगलबारको बृद्धि झण्डै १० महिनापछिकै बढी हो । २०८१ भदौ २७ मा नेप्सेमा ७८.३१ अंकको सुधार देखिएको थियो । त्यसो त गत विहीबार पनि नेप्सेमा ७५.८४ अंक बृद्धि भएको थियो । पछिल्लो ६ कारोबार दिनमा नेप्से सूचक निरन्तर बढेको छ । ६ दिनमा नेप्सेमा २४७.९६ अंकको बृद्धि भएको छ ।

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्सेमा मूल्य समायोजनअघि ८१.७७ अंकले बढेर २९७४.५ अंक कायम भएको छ । तर, समग्र मूल्य समायोजनपछि भने नेप्से सूचक ८०.९७ अंक बढेर २९७३.७ अंक कायम भएको छ ।

मंगलबारको बृद्धि झण्डै १० महिनापछिकै बढी हो । २०८१ भदौ २७ मा नेप्सेमा ७८.३१ अंकको सुधार देखिएको थियो । त्यसो त गत विहीबार पनि नेप्सेमा ७५.८४ अंक बृद्धि भएको थियो । पछिल्लो ६ कारोबार दिनमा नेप्से सूचक निरन्तर बढेको छ । ६ दिनमा नेप्सेमा २४७.९६ अंकको बृद्धि भएको छ ।

यसअघि सोमबार नेप्से २१.७६ अंकले बढेर २८९२.७२ अंकमा रोकिएको थियो । मंगलबार २३६ कम्पनीको मूल्य बढ्दा १४ कम्पनीको घटेको छ । सोमबारको तुलनामा कारोबार रकम पनि बृद्धि भएको छ । सोमबार १६ अर्व ३२ करोड ७१ लख रुपैयाँ बराबरको ३ करोड ५६ लाख ४९ हजार २ सय ११ कित्ता सेयर किनबेच भएकोमा २० अर्ब ८ करोड ५३ लाख रुपैयाँबराबरको ४ बरोड ३५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ । यसअघि आइतबार २१ अर्व ४६ करोड ४९ लाख ९४ हजार कारोबार भएको थियो । पछिल्ला दिनहरुमा नेप्से सूचकसँगै कारोबार रकममा पनि बृद्धि भइरहेको छ । 

मंगलबार सबैभन्दा बढी सेयर किनबेच नेपाल रिइन्स्योरेन्सको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँको भएको छ । सोमबार पनि बढी कारोबार हुने कम्पनी नेपाल रिइन्स्योरेन्सको ७५ करोड ६६ लाख बराबरको सेयर खरिद विक्री भ्रएको थियो । मंगलबार टे«ड टावर, शिभम् सिमेन्ट, सान्भी इनर्जी, उन्नति सहकार्य लघुवित्त, विन्ध्यावासिनी हाइड्रोपावरको मूल्य साढे ९ प्रतिशतभन्दा बढीले बढेको छ ।