झापा इनर्जीले स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ निष्कासन गर्ने

काठमाडौं । झापा इनर्जीले यही साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

यो कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँबराबरको ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसको अंकित मूल्य प्रतिशेयर १ सय रुपैयाँ छ ।

स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको कुल सेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १ सय मिटर वरपरको क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ । बाँकी १ लाख ९० हजार ९५ कित्ता शेयर सो क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।