सुनको मूल्यमा निरन्तर वृद्धि, चाँदीको मूल्य नयाँ रेकर्ड

काठमाडौं । बुधबार प्रतितोला २१ सय रुपैयाँ मूल्य बढेर १ लाख ९७ हजार ६ सय रुपैयाँ भएपछि सुनको मूल्य रेकर्ड नजिक पुगेको छ । ९ वैशाखको सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको मूल्यमा भने नयाँ रेकर्ड बनेको छ । प्रतितोला ३० रुपैयाँ बढेर २३५० रुपैयाँ पुगेको छ ।