प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आज दिउसो बस्ने बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।
सरकारले एक वर्षमा गरेका प्रमुख उपलब्धि, आगामी प्राथमिकता तथा सङ्घीय संसदमा प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलबाट उठाइएका लगायत समसामयिक विषयवस्तुमा केन्द्रित रही ओलीले सम्बोधन गर्नेछन्।
संसद्को नियमित कार्यसूचीअन्तर्गत प्रतिनिधिसभा नियमावलीबमोजिम सांसदहरूले सोधेका प्रश्नको समेत प्रधानमन्त्री ओलीले आजै जवाफ दिने कार्यक्रम यसअघि नै तय भएको संसद् सचिवालयले जनाएको छ ।