तिब्र उतारचढावबीच नेप्से उकालो यात्रामा, ३००० विन्दु पार गर्न लडाईं

नेप्से सुचक एक वर्षअघिको विन्दुलाई पार गर्न संघर्ष गरिरहेको देखिन्छ । २०८१ साउन ३१ गते नेप्से ३०००.८१ विन्दुुमा रोकिएको थियो ।

बुधबार तिब्र उतारचढावबीच सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य अंकले बढेको छ । मंगलबार झण्डै १० महिनायताकै उच्च अंकको बृद्धि देखिएको सुचब बुधबार भने केही सम्हालिएको छ । बुधबारसमेत गर्दा सातौं दिन लगातार नेप्से उकालो यात्रामा छ ।

बुधबार नेप्से ९.६१ अंकले बढेर २९८३.३१ अंकमा पुगेको छ । समायोजित मुल्यपछि भने नेप्से ५.१७ अंकले बढेर २९७८.८८ अंकमा रोकिएको छ । बुधबार सुचक २९९२.२६ अंकसम्म चढेको थियो भने २९४७.८६ अंकसम्म झरेको छ । जवकी मंगलबार नेप्से २९७३.७ मा रोकिएको थियो । नेप्से सुचक एक वर्षअघिको विन्दुलाई पार गर्न संघर्ष गरिरहेको देखिन्छ । २०८१ साउन ३१ गते नेप्से ३०००.८१ विन्दुुमा रोकिएको थियो ।

बुधबार कारोबार रकम पनि केही कम देखिएको थियो । मंगलबार २० अर्ब ८ करोड ५३ लाख रुपैयाँबराबरको ४ बरोड ३५ लाख ८१ हजार कित्ता सेयर किनबेच भएकोमा बुधबार भने १९ अर्व ७५ करोड ५२ लाख रुपैयाँबराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता सेयर किनबेच भएको छ । बुधबार ९८ कम्पनीको मुल्य बढ्दा १ सय ५२ कम्पनीको घटेको छ । बुधबार पनि टे«ड टावर र सान्भी इनर्जीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै ५.३२ प्रतिशतले घटेको छ । बुधबार सबैभन्दा बढी रकमको कारोबार हुने कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ र हिमालयन रिको ७८ करोड १० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।