आईपीओ ल्याउने लाइनमा सारथि केवल, बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलसँग सम्झौता
आईपीओबाट संकलित रकम नेपालमै पहिलो पटक अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्न प्रयोग गरिने कम्पनीले दावी गरेको छ ।
आईपीओ ल्याउने लाइनमा सारथि केवल इन्डष्ट्रीज, बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलसँग सम्झौता
काठमाडौं । सारथि केवल इन्डष्ट्रीज कम्पनीले प्राथमिक निस्काशन (आईपीओ विक्री) गर्ने भएको छ । सारथिले आईपीओ ल्याउन साउन ७ गते बुधवार सिटिजन्स क्यापिटलसँग द्धिपक्षीय सम्झौता गरेको छ । सम्झौता पत्रमा सारथि केवलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सारथि केवलले चालु आर्थिक वर्ष (२०८२–८३) भित्रै जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई विक्री गर्ने योजना अघि सारेको छ । आईपीओबाट संकलित रकम नेपालमै पहिलो पटक अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्न प्रयोग गरिने कम्पनीले दावी गरेको छ । त्यस्तै अत्याधुनिक प्रविधि प्रयोग गरी एल्युमिनियम फर्नेस प्लान्ट जडान गर्ने योजना पनि अघि सारेको छ । यसबाट आयातमा निर्भरता घट्नुका साथै नेपालको विद्युत् पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि भई लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा कम्पनीले गरेको छ ।
सारथि केवल १८ वर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये अग्रणी मानिन्छ ।