अग्निको नयाँ लजिस्टिक्स सेन्टर हेटौँडामा, महिन्द्रा बोलेरो एसयुभी, जिओ ईभी र भ्यान सार्वजनिक
‘लजिस्टिक्स सेन्टर’ सुरू गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत महिन्द्राका २ नयाँ गाडीहरू, महिन्द्रा बोलेरो नियो एसयुभी र महिन्द्रा जियो ईभी पनि एकैसाथ सार्वजनिक गरेको छ ।
काठमाडौं । अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडमार्फत हेटौँडामा नयाँ ‘लजिस्टिक्स सेन्टर’ सुरू गरेको छ । ‘लजिस्टिक्स सेन्टर’ सुरू गर्दै अग्नि इन्कर्पोरेटेडमार्फत महिन्द्राका २ नयाँ गाडीहरू, महिन्द्रा बोलेरो नियो एसयुभी र महिन्द्रा जियो ईभी पनि एकैसाथ सार्वजनिक गरेको छ ।
साउन ७ गते बुधबार हेटौँडामा सम्पन्न विशेष ‘लजिस्टिक्स उद्घाटन तथा प्रोडक्ट लन्च समारोह’ मार्फत नयाँ ‘लजिस्टिक्स सेन्टर’को शुभारम्भ तथा गाडीहरूको सार्वजनिकीकरण गरिएको हो ।
समारोहमा बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक - अर्जुनप्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष - वेदा सताषा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका ‘नेपाल, भुटान र बंगलादेश’का लागि क्षेत्रीय प्रबन्धक - चैतन्य कागलकरद्वारा अग्नि ग्रुपका विशेष पदाधीकारीहरू, महिन्द्रा एण्ड महिन्द्राका विशेष पदाधीकारीहरू, नेपालका लजिस्टिक्स विशेषज्ञहरू, मिडिया तथा व्यावसायिक ग्राहकवर्गको उपस्थिति रह्यो ।
समारोहमा बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल र अग्नि ग्रुपका अध्यक्ष - क्याबिनेट श्रेष्ठद्वारा ताम्रपत्र अनावरण गरी लजिस्टिक्स सेन्टरको उद्घाटन गरिएको हो ।
महिन्द्राका दुई नयाँ सवारी साधनहरू – महिन्द्रा जिओ र महिन्द्रा बोलेरो नियो पनि नेपालमा सार्वजनिक गरिएको छ ।
महिन्द्राको नयाँ एसयुभी महिन्द्रा बोलेरो नियोमा १४९३ सीसीको एमहक १०० बीएसभीआर्इ इन्जिन, थर्ड जेनेरेसन स्कोर्पियो च्यासिस, ३८४ लिटरको फराकिलो बुट स्पेस, ७ सिटर कन्फिगरेसन तथा प्रिमियम इटालियन लेदर इन्टेरियरले सुसज्जित रहेको छ ।
यो सुविधाले व्यावसायिक होस् वा निजी पारिवारिक, हरेक यात्रालाई अझै आरामदायी र सुविधाजनक बनाउँछ । ‘सहयात्री तपाईंको, हरेक यात्राको’ को स्लोगनसहित सार्वजनिक गरिएको महिन्द्रा बोलेरो नियो, नेपाली एक बहुउपयोगी एसयुभी हो । नेपाली भूगोलका लागि निर्मित महिन्द्रा बोलेरो नियोले महिन्द्रा बोलेरोको वर्षौँदेखिको विश्वासलाई कायम गर्दै व्यक्ति तथा व्यवसायीहरूलाई हरेक यात्रामा सहयात्रीको रूपमा साथ दिन्छ ।
त्यसैगरी समारोहमा महिन्द्रा लास्ट माइल मोबिलिटि अन्तर्गतको नयाँ महिन्द्रा जिओ २ फरक भेरियन्टमा सार्वजनिक गरिएको छ – ‘इभि डेलिभरी भ्यान’ र ‘इभी पिकअप’ । महिन्द्रा जिओ व्यावसायिक प्रयोजनको लागि तयार पारिएको विद्युतीय गाडी हो ।
‘अघि बढ्छ व्यवसाय बिजुलीको गतिमा, जब छ महिन्द्रा जिओ तपाईंको साथमा’ भन्ने स्लोगनसहित सार्वजनिक गरिएको यो सवारी साधन । ३० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर, एकै चार्जमा १६० किमिको रेन्ज, र ३ वर्ष वा १,२५,००० किमिको ब्याट्री वारेन्टिले यसलाई व्यावसायिक प्रयोगकर्ताहरूका लागि भरपर्दो र किफायती विकल्पको रूपमा रहेको छ । कम सञ्चालन लागतमा सहरभित्र दैनिक खाद्यान्न, खानेपानी, तरकारी इत्यादी उपभोग्य वस्तुहरू डेलिभरी गर्नका लागि महिन्द्रा जिओ एक उपयुक्त विकल्प रहेको छ ।
अग्नि लजिस्टिक्सका लजिस्टिक्स सेन्टरहरू काठमाडौं महानगरपालिका वडा नं. १५ सानोभर्याङ, हेटौँडा उपमहानगरपालिका वडा नं ७ न्युरेनि, इटहरी उपमहानगरपालिका वडा नं। १ आपगाछी र भैरहवा नजिक रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं। ४, बसन्तपुर गरी देशभर चार स्थानमा रहेका छन् । कम्पनीका सबै लजिस्टिक्स सेन्टरहरू राजमार्ग तथा विमानस्थलको निकट पहुँच भएको र प्रदेशका मुख्य व्यापारिक क्षेत्रहरूमा पर्दछन् ।
नेपाली व्यवसायहरूको मेरुदण्डको रूपमा काम गर्दै, उन्नत र कार्यकुशल (इफिसियन्ट) लजिस्टिक्स सुविधालाई ग्राहकनजिक पुर्याउने प्रतिबद्धतालाई पूर्णता दिँदै सुरू गरिएको नव उद्घाटित लजिस्टिक्स सेन्टर तथा वेयरहाउस अत्याधुनिक पूर्वाधारले भरिपूर्ण रहेको छ ।
काठमाडौँको लजिस्टिक्स सेन्टरले १७,६५० वर्गफिटको क्षेत्रफल ओगटेको छ जुन १० वटा भलिबल कोर्ट बराबर हो । उक्त क्षेत्रफलमा ११८ वा प्यालेट पोजिसन रहेको छ जसमा ५७६ वटा लङस्प्यान सेल्भिङ सुविधासहित कुल भण्डारण क्षमता ९७७ घनमिटर (सीएीम) रहेको छ । त्यसैगरी हेटौँडास्थित लजिस्टिक्स सेन्टरमा कुल ३३,१६७ वर्गफिटको क्षेत्रफलमा २,२०० घनमिटरको कुल भण्डारण क्षमता, १०५० वटा प्यालेट पोजिसन र ४३२ वटा लङस्प्यान सेल्भिङ सुविधा रहेको छ । त्यसैगरी, भैरहवास्थित लजिस्टिक्स सेन्टरमा कुल ३७,६६२ वर्गफिटको क्षेत्रफल रहेको छ जुन २१ वटा भलिबल कोर्ट बराबर हो । उक्त क्षेत्रफलमा २,४९८ घनमिटरको कुल भण्डारण क्षमता उपलब्ध रहेको छ जसमा ६०६ वटा प्यालेट पोजिसन र १,४०५ वटा लङस्प्यान सेल्भिङ सुविधा रहेको छ । त्यसैगरी, इटहरीको लजिस्टिक्स सेन्टर कुल ७,२७२ वर्गफिटको क्षेत्रफलमा, ३८० घनमिटरको कुल भण्डारण क्षमता उपलब्ध रहेको छ जसमा ९५ वटा प्यालेट पोजिसन र ३०० वटा लङस्प्यान सेल्भिङ रहेको छ ।
अग्नि लजिस्टिक्सको सम्पूर्ण कार्यहरू अत्याधुनिक र विश्वस्तरको लजिस्टिक्स तथा सुरक्षा मापदण्डहरूमा सञ्चालन गरिन्छ । लजिस्टिक्स सेन्टरमा सामग्रीहरू नाप्न-जोख्न, ओसारपसार र व्यवस्थापन गर्न तालिमप्राप्त दक्ष जनशक्ति, फोर्कलिफ्ट, प्यालेट स्ट्याकर, पावर्ड प्यालेट ट्रक, ह्यान्ड प्यालेट ट्रकजस्ता उपकरणहरूको व्यवस्था गरिएको छ । सामग्रीको सुरक्षामा ध्यान दिँदै लजिस्टिक्स सेन्टरले चौबिसै घण्टा सीसीटीभी निगरानी, स्मोक डिटेक्टर, फायर हाइड्रेन्ट्स र फायर एक्सटिङग्विसर आदिको व्यवस्था गरेको छ । साथै, डिजिटल युगको आवश्यक्तालाई ध्यानमा राख्दै, डिजिटल लाइभ इन्भेन्टरी ड्यासबोर्ड, डिजिटल इन - आउट र भुक्तानी हिस्ट्री आदिको सुविधा पनि रहेको छ । विभिन्न दस्तावेजहरू भण्डारण गर्न क्लाइमेट(पेस्ट(कन्ट्रोल, र चौबिसै घण्टा सुरक्षा र सर्भेलेन्ससहित विकेन्द्रिकित भण्डारण सुविधा रहेको छ । त्यसैगरी देशको हरेक कुनामा ढुवानी सम्भव हुनेगरी कम्पनीले जनरल क्यारियर, बाइक क्यारियर, प्लेटफर्म ट्रक, क्रेन(माउन्टेड ट्रक, वा बोलेरो पिक(अप जस्ता क्यारियर आदिद्वारा इन्टरसिटि (एक सहरदेखि अर्को सहर) र इन्ट्रासिटी सहरभित्र छिटो र भरपर्दो डेलिभरी सेवा प्रदान गर्दछ । यसअन्तर्गत दक्ष र अनुभवी ड्राइभरहरूसहित, रियल टाइम ‘जीपीएस’ ट्र्याकिङको सुविधाको व्यवस्था रहेको छ । कम्पनिले विभिन्न प्रकारका ग्राहकहरूलाई थ्रिपिएल सेवा अन्तर्गत खरिद ९प्रोक्युरमेन्ट० लजिस्टिक्स, भन्सार क्लियरेन्स, भेन्डर व्यवस्थापन, इम्पोर्ट ( एक्सपोर्ट डकुमेन्टेसन तथा अन्य भ्यालुएडेड सेवा लगायतका सेवाहरू प्रदान गर्दै आइरहेको छ । वेयरहाउसअन्तर्गत सवारी साधन तथा अटो पार्ट्स्को गोदाम व्यवस्थापन, फास्ट मुभिङ कन्ज्युमर गुड्स (एफएमसीजी), इ कमर्स आदिको मालसामानहरू ‘पिक-अप, प्याकिङ, सिपिङ, सामान(फिर्ता व्यवस्थापन आदि सेवा प्रदान गर्दछ । कम्पनीले आफ्नो लजिस्टिक्स सेन्टरहरूमा ‘पीडीआई (प्रि-डेलिभरी इन्सपेक्सन)’ प्रणाली अवलम्बन गर्दछ जसले यस सेन्टरबाट वितरण हुने प्रत्येक मालसामानहरूको गुणस्तरलाई विभिन्न बुँदामा जाँच गर्दै सुरक्षा र सही डेलिभरि सुनिश्चित गर्दछ । यिनै सुविधा, संरचना र प्रतिबद्धतासहित अग्नि लजिस्टिक्सले नेपालमा लजिस्टिक्सको गुणस्तरमा नयाँ मापदण्ड स्थापित गरेको छ ।
अग्नि लजिस्टिक्स सेन्टरहरूमा लजिस्टिक्स सेवाहरूसँगै अग्नि ग्रुपअन्तर्गतका विभिन्न सेवाहरू पनि एकैठाउँमा उपलब्ध रहेको छ । यसअन्तर्गत अग्नि हायर पर्चेज प्रालिमार्फत व्यावसायिक सवारी खरिदमा सहज वित्तीय सुविधा उपलब्ध रहेको छ । त्यसैगरी लजिस्टिक्स सेन्टरमा, अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राको नयाँ एसयुभि तथा इलेक्ट्रिक गाडीहरूको प्रदर्शन तथा बिक्रीको सुविधा उपलब्ध रहेको छ । साथै, अग्नि मोटोइन्क प्रालिमार्फत महिन्द्राको दुईपाङ्ग्रे मोटरसाइकल तथा स्कुटरहरू प्रदर्शन र विक्रीको सुविधा पनि उपलब्ध छ । अग्नि इक्विपमन्ट प्रालिमार्फत निर्माण उपकरण तथा मेसिनरिहरूको सप्लाई, बिक्री आदिको सुविधा रहेको छ ।
महिन्द्राको आधिकारिक सेवा केन्द्र बालाजु अटो वर्क्स् प्रालिमार्फत महिन्द्राको चार पाङ्ग्रे गाडीहरूको सर्भिस, पार्ट्स् र स्पेयर सेवा उपलब्ध रहेको छ । त्यसैगरी महिन्द्राकै सर्टिफाइड प्रिऔन्ड कार कम्पनी अग्नि आस्था प्रालिमार्फत महिन्द्राको २०० पोइन्ट परीक्षण पास गरेको प्रिऔन्ड एसयुभी तथा गाडीहरू उत्कृष्ट मूल्यमा उपलब्ध रहेको छ ।
अग्नि लजिस्टिक्सजस्ता नयाँ लजिस्टिक्स सेन्टरहरू खुल्नु नेपालमा पूर्वाधार क्षेत्रको विकासको लागि एक महत्त्वपूर्ण उपलब्धी हो । देशको व्यवसाय क्षेत्रमा प्रविधि र पूर्वाधारको कमिलाई मध्यनजर गर्दै, अग्नि लजिस्टिक्सले भरपर्दो थ्रीपीएल सेवामार्फत व्यवसायलाई अझ क्षमतावान् र चलायमान बनाउने भूमिका खेल्न प्रतिबद्ध रहेको छ । त्यसैगरी वर्षौँदेखि व्यावसायिक सवारी तथा अटोमोटिभ क्षेत्रमा नेपाली ग्राहकहरूको विश्वास जित्न सफल अग्नि इन्कर्पोरेटेड, ग्राहकहरूको आवश्यक्तालाई मध्यनजर गर्दै अझै नयाँ र भरपर्दो सवारी साधनहरू सजिलै उपलब्ध गराउन प्रतिबद्ध रहेको छ । अग्नि ग्रुप, आफ्नो व्यवसायमा भण्डारण र इन्भेन्टरीको चिन्ताबाट मुक्त भई व्यवसायमा केन्द्रित हुन चाहनुहुने सम्पूर्ण महानुभावहरूलाई अग्नि लजिस्टिक्सको ‘लजिस्टिक्स सेन्टर’मा गई थप जानकारी लिनुहुन र अग्नि महिन्द्राको सोरुममा गई नयाँ महिन्द्रा गाडीहरूको अनुभव गर्न आह्वान गर्दछ ।
अग्नि लजिस्टिक्स प्राइभेट लिमिटेडको बारेमा :
अग्नि लजिस्टिक्स प्रालि, सन् २०१८ मा स्थापित अग्नि ग्रुपअन्तर्गतको ‘थर्ड पार्टी तेस्रो पक्ष) लजिस्टिक्स (थ्रीपीएल)’ सेवा प्रदायक हो । कम्पनिले ग्राहक सन्तुष्टिमा केन्द्रित रहँदै, “सशक्तीकरण, समृद्धि र विकास” को मान्यतालाई अँगाल्दै लजिस्टिक्स वा ढुवानीलाई छिटो बनाउने, कार्यकुशल र भरपर्दो ‘थ्रीपीएल’ सेवा प्रदान गर्ने र नेपालकै सबैभन्दा ठूलो लजिस्टिक्स कम्पनी बन्ने उद्देश्य लिएको छ । कम्पनीले खरिद, लजिस्टिक्स, भन्सार क्लियरेन्स, भण्डारण तथा अन्य भ्यालु(एडेड सेवा लगायतका सेवाहरू प्रदान गर्दछ । अग्नि लजिस्टिक्स, व्यवसायमा एक भरपर्दो थ्रीपीएल साझेदार हो जसले ग्राहकको सफलतालाई प्राथमिकता राख्दै प्रतिस्पर्धीहरूको तुलनामा अलग्गै पहिचान बनाएको छ ।
थप तस्बिरहरू