सांग्रिला डेभलपमेन्ट बैंकको ब्याज आम्दानी घटेपनि वितरणयोग्य नाफामा उच्च बृद्धि

अघिल्लो वर्ष १३ करोड १८ लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको स्रांग्रीलाको गत वर्षमा २ सय प्रतिशत बढीले बढेर ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ प'गेको छ ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष अवधिमा ५० करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा गरेको बैंकले गत वर्ष ६.५१ प्रतिशतले बढाएको हो ।

अघिल्लो वर्ष १३ करोड १८ लाख ७८ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको स्रांग्रीलाको गत वर्षमा २ सय प्रतिशत बढीले बढेर ४१ करोड ३८ लाख ४५ हजार रुपैयाँ पगेको छ । यसरी हेर्दा बैंकको बैंकको लाभांश दिने क्षमता ११ रुपैयाँ ६४ पैसा छ ।

सेयरधनीलाई लाभांश दिने क्षमता बढेपनि नाफामा भने सामान्य सुधार देखिएको छ । खुद ब्याज आम्दानी अघिल्लो वर्षको तलनामा १.३६ प्रतिशतले घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा सिमित भएको छ भने सञ्चालन नाफा १०.०६ प्रतिशतले बढेर ७७ करोड ४२ लाख ५ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १० पैसा रहँदा प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा छ । ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख ५५ हजार रुपैयाँ छ । ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ४३ अर्ब २ करोड १४ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।