बुलअघि नाफा कमाउन व्यस्त लगानीकर्ता, मूल्यमा भइरहेको छ मोलमोलाई

गत वर्ष साउन ३१ गतेको ३०००.८१ अंकलाई उछिनेर अघि जान तम्सिरहेको नेप्सेमा लगानीहरुले ब्रेक लगाइरहेका छन् ।

लगातार आठौं दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक सूधार देखिएको छ । साताको अन्तिम दिन विहीबार नेप्से ४.४८ अंकले बढेको छ । अघिल्ला ४/५ दिन उच्च अंकले बढेको नेप्से बुधबार र विहीबार भने अन्तिम समयमा सामान्य अंकले बढेको छ । गत वर्ष साउन ३१ गतेको ३०००.८१ अंकलाई उछिनेर अघि जान तम्सिरहेको नेप्सेमा लगानीहरुले ब्रेक लगाइरहेका छन् । विगतको बढेको उच्च मूल्यबाट नाफा कमाउन लगानीकर्ताहरु तिब्र मोलमोलाईमा व्यस्त भएको कारोबार प्रकृतिले देखाउँछ । बुधबारजस्तै विहीबार पनि नेप्सेमा तिब्र उतारचढाव देखिएको छ । 

विहीबार मूल्य समायोजनअघि नेप्से ४.४८ अंकले बढेर २९८३.३६ अंकमा पुगेको छ । बुधबार सुचक २९७८.८८ अकमा रोकिएको थियो । विहीबार कारोबार समयमा नेप्से २९६३.७९ र २९९०.४५ अंकसम्म चढेको थियो । नेप्से सुचक एक वर्षअघिको विन्दुलाई पार गर्न संघर्ष गरिरहेको देखिन्छ ।

विहीबार पनि कारोबार रकम केही घटेको छ । बुधबार १९ अर्व ७५ करोड ५२ लाख रुपैयाँबराबरको ४ करोड ४८ लाख ६६ हजार कित्ता सेयर किनबेच भएकोमा विहीबार १८ अर्व ४९ करोड रुपैयाँबराबरको ३ करोड ८९ लाख ६२ हजार कित्ता खरिद विक्री भएको छ । विहीबार छ । विहीबार ग्रीन भेन्र्चस, टे«ड टावर, सान्भी इनर्जी र स्वेत गंगा हाइड्रोपालरको सेयर मुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । विहीबार १ सय २३ कम्पनीको मुल्य बढ्दा १ सय २७ कम्पनीको घटेको छ ।