५९ अर्ब ८४ करोडको सेयर निष्कासन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५९ अर्ब ८४ करोड रुपैयाँभन्दा बढीको सयर निष्कासन अनुमति दिएको छ । सेबोनले आर्थिक वर्ष २०८१र८२ को असार २० सम्म ६४ संस्थालाई ५९ अर्ब ८४ करोड ९५ लाख रुपैयाँबराबरको निष्कासन स्वीकृत प्रदान गरेको हो ।
जसमा साधारण सेयर निष्कासनतर्फ १४ संस्थालाई ३ अर्ब ८३ करोड २२ लाख रुपैयाँ बराबरको तथा हकप्रदतर्फ १७ संस्थालाई १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको निष्कासन अनुमति प्रदान गरिएको छ । थप निष्कासनतर्फ चार संस्थालाई १० करोड ७३ लाख रकम बराबरको निष्कासन अनुमति प्रदान भएको छ ।
बोर्डले यस अवधिमा नौ कम्पनीलाई २५ अर्ब ३० करोड रकम बराबरको ऋणपत्र निष्कासन अनुमति प्रदान गरेको छ । अन्य २० वटा सामूहिक लगानी योजनालाई १५ अर्ब २० करोड रकम बराबरको सामूहिक लगानी योजना निष्कासन अनुमति प्रदान गरेको छ ।
गत आर्थिक वर्षको असार २० सम्म बोनस सेयर दर्तातर्फ ८१ वटा संस्थाहको २३ अर्ब ९५ करोड १४ लाख रकम बराबरको बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।