बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजमले निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन ६ गतेदेखि सेयर निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७० प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
जसमा सर्वसाधारणका लागि १० प्रतिशत अर्थात प्रतिकित्ता सय रुपैयाँका दरले ५ करोड २९ लाख ४० हजार रुपैयाँको ५ लाख २९ हजार ४ सय कित्ता सेयर श्रम स्वीकृती लिएर रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।
आईपीओ न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।