सुनको मूल्य ११ सय घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य एक हजार १०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी संघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा सुन प्रतितोला १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला तीन दिनदेखि सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ ।

यस दिन चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । आज अर्थात् आइतबारको बजारमा चाँदी प्रतितोला २ हजार २ सय ९० रुपैयाँ खरिदबिक्री भइरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला २ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।