टेरामक्स प्रकरणः दिगम्बर झासँग ३ लाख धरौटी माग

विशेष अदालतमा न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ३ लाख धरौटी माग गरेको हो ।

काठमाडौं । टेरामक्स प्रकरणमा तत्कालीन दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झासँग अदालतले ३ लाख धरौटी माग गरेको छ ।

विशेष अदालतमा न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ३ लाख धरौटी माग गरेको हो । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

उनी आइतबार अदालतमा हाजिर भएका थिए। बयान दिएपछि भएको थुनछेक बहसपछि अदालतले ३ लाख धरौटीमा छाड्न भनेको हो।

अख्तियारले गत जेठ १ मा प्रतिनिधि सभा सदस्य समेत रहेका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतसहित १४ जना र २ कम्पनीलाई प्रतिवादी बनाएर गत जेठ १ मा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।