राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा राख्ने भएको छ । यसका लागि प्रस्ताव पठाउन सूचना जारी गरेको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम एक वर्षका लागि राख्न लागेको हो ।

८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ विकास बैंकमा र ५ करोड रुपैयाँ फाइनान्स कम्पनीमा राख्न लागेको हो । साउन १४ गतेसम्म आफूले दिने ब्याजदरसहित राष्ट्र बैंकमा प्रस्ताव पठाउनुपर्नेछ ।