सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेल नियुक्त
काठमाडौं । न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा विमल पौडेललाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको आयोगको बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार पौडेललाई मुख्य रजिष्ट्रार बनाएको हो ।
५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो ।
२०७४ साल असारबाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिष्ट्रार राख्ने अभ्यास छ ।