रिद्दारा आरडी६ गाडी आकर्षक सुविधासहित बजारमा
काठमाडौं । रिद्दारा आरडी६ गाडी आकर्षक सुविधासहित बजारमा सार्वजनिक भएको छ ।
सीजी मोटर्सले गेली अटो ग्रपसँगको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिद्दारा आरडी६ नयाँ आकर्षक अफरसहित बजारमा उपलव्ध छ। अब ग्राहकहरूले मात्र रु. ९.९९ लाख डाउन पेमेन्टमै यो अत्याधुनिक इभी पिकअप आफ्नो बनाउन सक्नेछन् । यस अफरमार्फत सीजी मोटर्सले विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यलाई थप मजबुत बन्ने आशा लिएको जनाएको छ ।
रद्दारा आरडी६ गाडी मा ६३ किलोवाट क्षमताको ब्याट्री, २०० किलोवाट पावर मोटर जडान गरिएको छ, जसले ३७७ किमी ड्राइभिङ रेन्ज प्रदान गर्छ। गेलीको म्याप प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डेपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ ।
यसमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक र भेइकल टु लेड ९ख्द्दी ० प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ । साथै, कम्फर्ट हुन्छ । ३ ड्राइभ मोड, ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलइडी हेडलाइट, र ६६५ हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी यो गाडीका थप विशेषता हुन् ।