हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा एन आई सी एशिया बैंकका ग्राहकहलाई विशेष छुट
काठमाडौं । एन आई सी एशिया बैंक र लिजा श्री इन्टरप्राइजेजबीच बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति युनिसेक्स सैलुनमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ ।
बैंकका ग्राहकहरुलाई देशका विभिन्न ठाउँमा रहेका हेयर एण्ड शान्ति युनिसेक्स सैलुनका शाखाहरुमा सेवा लिएपछि डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट दिइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
ग्राहकहरुले नक्सालस्थित भाटभटेनी सुपरमार्केट, नयाँ बानेश्वरस्थित आईप्लेक्स मल, ठमेलस्थित छायाँ सेन्टर, जावलाखेलस्थित मिनिसो बिल्डिङ्ग, कमलादीस्थित सिद्धार्थ कम्प्लेक्स, सामाखुसीस्थित सिटी स्वायर सेन्टर, महाराजगन्जस्थित भाटभटेनी सुपरमार्केट, हेटौंडास्थित भाटभटेनी सुपरमार्केट र गणेश बिल्डिङ्ग, नारायणघाटस्थित जोशी भवन र वीरगन्जस्थित रुङ्टा मलमा रहेका हेयर एण्ड शान्ती युनिसेक्स सैलुनका शाखाहरुबाट उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
सुविधाको उपभोग गर्ने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने पनि विज्ञप्तिमा भनिएको छ ।