एनआईसी एशिया बैंकको नयाँ योजना ८.१७ प्रतिशत ब्याजदरमा ऋण
एनआईसी एशिया बैंकले ८.१७ प्रतिशत ब्याजदरमा मा ऋण दिने योजना सार्वजनिक गरेको छ । बैंकले प्रतिस्पर्धी ब्याजदरमा (औसत आधार दरमा १ प्रतिशत प्रिमियम थप) सेयर धितो राखेर कर्जा योजना सार्वजनिक गरेको हो । सेयर बजारको मागलाई सम्बोधन गर्न बैंकले यो योजना ल्याएको हो ।
ग्राहक महानुभावहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बिमा कम्पनीलगायत अन्य विभिन्न कम्पनीको साधारण सेयर यस बैंकमा धितो राखेर १८० दिनको सेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्यमध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नुहुनेछ । यस योजनाअन्तर्गत न्यूनतम रू. ५० लाखदेखि अधिकतम रू. १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ ।
आवश्यक कागजात प्राप्त भएपश्चात् ३ कार्यदिनभित्र नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।