न्युमेरेसी विक २०२५ सम्पन्न : गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
काठमाडौं । सन् २०१२ मा स्थापना भएको शैक्षिक संस्था एम्बार्क अनम्याथले गणितलाई केवल पाठ्यपुस्तकको सीमितताबाट बाहिर निकाल्दै वास्तविक जीवनसँग जोड्न निरन्तर प्रयास गर्दै आएको छ । यही प्रयास अन्तर्गत, हालै प्रिमियर इन्टरनेसनल स्कुलको सहकार्यमा ‘न्युमेरेसी विक २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ ।
एक हप्तासम्मचलेको यस विशेष सप्ताहले विद्यार्थीहरूलाई अनुभवमा आधारित सिकाइमार्फत् गणित विषयलाई नयाँ दृष्टिकोणले बुझ्न प्रेरित गर्यो । कार्यक्रम अवधिभर, प्रिमियर इन्टरनेसनल स्कुलका कक्षाहरू सिर्जनशीलता र अन्वेषणको केन्द्र बनेका थिए । विद्यार्थीहरूले गणितलाई आफ्नो कल्पनाशक्ति, अनुभव र संवादसँग जोड्दै नयाँ र अर्थपूर्ण तरिकामा आफूलाई संलग्न गराए ।
एम्बार्क अनम्याथले गणित शिक्षालाई रमाइलो, प्रयोगात्मक र जीवन उपयोगी बनाउँदै शैक्षिक क्षेत्रमै नयाँ धारणा स्थापना गर्दै आएको छ । कठोर लाग्ने अवधारणाहरूलाई सरल र सजीव तरिकाले प्रस्तुत गर्दै, संस्थाले विद्यार्थीहरूको गणितप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ ।