इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै आरम्भ चौतारी लघुवित्तको नाफामा वृद्धि
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ६ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको यस लघुवित्तले, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३१.८९ प्रतिशत र अन्य सञ्चालन आम्दानी २६.७५ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.९२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ९३६.१३ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले २ करोड ३८ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ। जसका कारण लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ५३ पैसा बढेर २५ रुपैयाँ ७२ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ १८ पैसा रहेको छ ।