नाइमा अटो एक्स्पोमा एथरको ‘रिज्टा’ लन्च हुँदै

काठमाडौं । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डमा हुने ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा फ्यामिली स्कुटर एथर ‘रिज्टा’ लन्च हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन ९नाइमा०को आयोजनामा हुने अटो एक्स्पोमा एथरको नेपालका लागि आधिकारिक वितरक वैद्य इनर्जीले नयाँ स्कुटर एथर रिज्टा सार्वजनिक गर्न लागेको हो । 

भारतीय बजारमा यसअघि नै लन्च भएको यस विद्युतीय स्कुटर फ्यामली इलेक्ट्रीक स्कुटरको रुपमा विकास गरिएको छ । यस स्कूटरमा फ्ल्याट सिट, ३४ लिटरको अन्डर सिट स्टोरेज, स्कीड कन्ट्रोल, टो एण्ड थेप अलर्ट, एमर्जेन्सी स्टप सिंनल, अनबोर्ड गुगल म्याप नेभिगेसन, लाइभ लोकेसन सेयरिङ सिस्टम पाउन सकिन्छ ।

रिज्टा स्कुटर २।९ र ३।७ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सन उपलब्ध छ । जसले क्रमशः १०५ र १२७ किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ । यसमा दुई राइड मोड दिइएको छ जसमा जिप र स्मार्ट मोड रहेको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।