थाई एयरवेजको जीएसए सोसाइटी इन्टरनेसनल सोसाइटीद्वारा रक्तदान कार्यक्रम
काठमाडौं । थाई एयरवेजका तर्फबाट सो एयरलाइन्सको जीएसए सोसाइटी इन्टरनेसनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । ‘जीवनको उपहार दिऔं’ भन्ने मूल नारासहित काठमाडौंको हात्तीसारमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।
मानव सेवा र सामाजिक उत्तरदायित्व अन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाइटी इन्टरनेसनल ट्राभल्सले जनाएको छ । आपतकालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पु¥याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु कम्पनीको प्रमुख उद्देश्य र दायित्व हो ।
थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । ‘तपाईंको सानो योगदानले कसैको जीवन बच्न सक्छ,’थाई एयरवेजले भनेको छ।
उक्त कार्यक्रममा सोसाइटी इन्टरनेसनल परिवार,विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरेर१ सय ३१ जनाले रक्तदानगर्नुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो।
उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाणपत्र पनि प्रदान गरिएको थियो।
थाई एयरवेजको बारेमा
थाई एयरवेज अन्तर्राष्ट्रिय थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक विमान कम्पनी हो । उक्त विमानले काठमाडौं–बैंकक मार्गमा दैनिक दुईवटा उडान सञ्चालन गर्ने गर्दछ र त्यहाँबाट एसिया, युरोप तथा अस्ट्रेलियालगायतका प्रमुख गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ । यस एयरलाइन्सले उत्कृष्ट सेवा दिनुका साथै सुरक्षा र दिगो विकासमा समेत प्रतिबद्धता व्यक्त गरेको छ । यसका साथै सामाजिक उत्तरदायित्वका गतिविधिहरूमा सक्रियता जनाउँदै सेवाग्राहीमा समर्पित छ ।
सोसाइटी इन्टरनेसनल ट्राभल्सका बारेमा
सोसाइटी इन्टरनेसनल ट्राभल्स नेपालमा एक प्रमुख एयरलाइन्स जीएसएप्रतिनिधित्व गर्ने कम्पनी हो । यससँगै थाई एयरवेजको जेनरल सेल्स एजेण्ट(जीएसए)को रूपमा कार्यरत छ। यात्राका सबै पक्षमा सहयोग गर्न र सेवा प्रदान गर्न यो संस्था समर्पित छ । यसका साथै सीएसआर कार्यक्रममार्फत् विभिन्न सामाजिक उत्तरदायित्व र सेवामूलक कार्य गर्दै नेपाली समुदायलाई योगदान पु¥याउँदैआइरहेको छ ।