शिव श्री हाइड्रोको सेयरमूल्य समायोजन

साउन १६ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिव श्री हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले ुसेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले कम्पनीको शतप्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयरमूल्य १९२ रुपैयाँ ८३ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार दोस्रो बजारमा कम्पनीको अन्तिम शेयरमूल्य २८५ रुपैयाँ ६५ पैसा कायम भएको थियो ।

यही समायोजित मूल्यलाई आधार मानेर आइतबार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।