मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई समसामयिक बनाउन समिति गठन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई समसामयिक बनाउन ४ सदस्यीय समिति गठन गरेको छ। बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको वोर्ड श्रोतले जानकारी दियो ।

श्रोत अनुसार सुपरभिजन प्रमुख रुपेश केसी, कानून विभागबाट निरञ्जय घिमिरे, रेगुलेसन विभागबाट अम्बिका गिरी रहेका छन् । यसैगरी, एक जना सदस्यमा सेबनका ब्रोकर कम्पनी हेर्ने शाखा अधिकृत अनुजकुमार घिमिरे रहेका छन् ।

उक्त समितिले अहिले भइरहेको मार्जिन कारोबार सम्बन्धी व्यवस्थालाई समसामयिक बनाएर प्रतिवेदन पेस गर्नेछ । मार्जिन कारोबार सम्बन्धी कार्यविधि २०७५ अस्पस्ट रहेको भन्दै ब्रोकरहरुले कारोबार सुरु गरेका छैनन् ।