सदन बस्नुअघि ५ दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल
काठमाडौं । प्रतिनिधिसभाको बैठकअघि सभामुखले ५ दलका प्रमुख सचेतकहरूसँग छलफल थालेका छन् । संसद् भवन बानेश्वरमा केही बेरअघिबाट छलफल चलिरहेको छ ।
छलफलमा उपसभामुख इन्दिरा रानामगर र कानुन मन्त्री अजयकुमार चौरसिया पनि सहभागी छन् ।
बैठकमा यो महिनाको क्यालेन्डर तय गर्नुका साथै रास्वपा र राप्रपाले जारी राखेको सदन अवरोधबारे पनि छलफल हुने जनाइएको छ ।