समयमै काम पूरा नगर्ने ११ निर्माण कम्पनीहरु कालोसूचीमा

समयमै काम पूरा नगर्ने निर्माण कम्पनीहरु कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको हो।

ती निर्माण कम्पनीहरुले जिम्मा लिएको काम समयमै पूरा नगरेको हुनाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि दुई वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालोसूचीमा परेका कम्पनी एवं मुख्य व्यक्तिहरु निम्न बमोजिम छन् :

१. श्री राखी कन्स्ट्रक्सन, भीमदत्त–४ कञ्चनपुर (मुख्य व्यक्ति : श्री चन्द्रसिंह कार्की)

२. श्री जगदम्बा कन्स्ट्रक्सन, बानेश्वर–१०, काठमाडौं (मुख्य व्यक्ति : श्री भोजबहादुर विष्ट)

३. श्री जलजला मल्टिबिजनेस कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, गंगादेव, गापा–५, रोल्पा (मुख्य व्यक्ति : श्री अमृतकुमार ओली)

४. श्री शिवम् कन्स्ट्रक्सन, नेपालगन्ज (मुख्य व्यक्ति : श्री झंकर बहादुर बयक)

५. श्री क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन सप्लायर्स प्रालि, ओमबहाल, कामनपा–२३, काठमाडौं (मुख्य व्यक्ति : श्री कृष्णबहादुर भण्डारी)

६. श्री अमर हर्क दीपक कन्स्ट्रक्सन कम्पनी, मुसीकोट–५, रुकुम (मुख्य व्यक्ति : श्री दीपक बी.एम.)

७. श्री जप्तकोशी जलाधार निर्माण कम्पनी प्रालि, काठमाडौं, (साविक कोशी एन्ड न्यौपाने निर्माण सेवा प्रालि, नयाँ बानेश्वर, काठमाडौं) (मुख्य व्यक्ति : श्री भावेश बोहोरा)

८. श्री सदाशिव कन्स्ट्रक्सन, बारबर्दिया नपा–६, बर्दिया (मुख्य व्यक्ति : श्री दीपेन्द्र बस्नेत)

९. श्री अश्मि निर्माण सेवा प्रालि, काठमाडौं–१० (मुख्य व्यक्ति : श्री विकास थापा)

१०. श्री एम\एस अराभाली इन्फ्रापावर लिमिटेड (एआईपीएल) (मुख्य व्यक्ति : श्री राकेश जोली)

११. शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि (एससीसीपीएल) जे\भी, सुनाकोठी–८, ललितपुर (मुख्य व्यक्ति : श्री रमेश सुवेदी)