साउनमा प्रतिनिधिसभा ६ दिन मात्र बस्ने गरी तय गरियो क्यालेन्डर
काठमाडौं । प्रतिनिधिसभाको बैठक अब साउन मसान्तसम्म ६ दिन बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था परामर्श समिति बैठकले साउन मसान्तसम्मको क्यालेन्डर तय गरेको हो ।
कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सभामुखले कानूनमन्त्री अजय चौरासियाको सहभागितामा ५ दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।
क्यालेन्डरअनुसार साउन १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ ।