नेपालबाट कोरियाले यस वर्ष ५ हजार ३ सय कामदार लैजान आवेदन खुलायो
र्ईपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परिक्षा र कोटा निर्धारण गरेर सूचना प्रकाशित गरेको छ ।
सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३ सय जना कामदारको कोटा निर्धारण गरिएको छ ।
जसमा कृषि क्षेत्रअन्तर्गत ३५ सय र उद्योग क्षेत्रमा १८ सय जना र्ईपीएस भाषा उत्तीण गरेर कोरिया जाने बाटो खुल्नेछ । सूचनाअनुसार एक व्यक्तिले एक क्षेत्रमा मात्र फर्म भर्न पाउनेछन् ।
परीक्षाका लागि आवेदन फारम २०८२ साउन २६ गतेदेखि ३१ गतेसम्म तोकिएको छ । परीक्षा तालिका भने पछि प्रकाशित गरिने ईपीएस शाखा ग्वार्कोले जनाएको छ ।