आइएमई लाइफका बिमित, अभिकर्ता तथा कर्मचारीलाई ओम हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बिमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम हस्पिटलले उपचार गाराउँदा १० प्रतिशत छुट दिने भएको छ ।

आइएमई लाइफसँग जाडिएकाहरुलाई हस्पिटलले हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिने भएको हो । हस्पिटलबाट छुट सुविधा लिन कम्पनीका बिमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनु पर्ने छ । 

यसैगरी, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि छुट सुविधा लिन सक् सक्नेछन् ।