दोहोरो अंकले बढ्यो नेप्से, ५७ अंकको उतारचढाव हुँदा कारोबार ११ अर्बमा खुम्चियो
गत बुधबारदेखी लगातार ३ दिन (१४३.१६ अंकले) घटेको सेयर बजार परिसूचक नेपाल स्टक स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने दोहोरो बढेको छ । कारोबार सेयर तिब्र उतारचढाव भोगेको नेप्सेले १६.६५ अंक बढेर २८७५.५५ अंकमा उक्लिएको छ । यसअघि गत मंगलबार ३००२.०७ अंकमा थियो ।
जलविद्युतको सेयरमा आइजीन विवाद, बैंक तथा वित्तीय संस्थालाई नगद लाभांस दिन गभर्नर डा. विश्वनाथ पौडेलको निर्देशन, लघुवित्त वित्तीय संस्थालाई लाभांसमा लगाइएको १५ प्रतिशतको सीमा, लगानीकर्ताले ग्राहक पहिचान (केवाइसी) भर्दा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थालाई देखाएर बजार घटाउने भूमिका खेलेको बताइन्छ ।
सोमबार पनि बजार खुल्नुअघि प्रिओपन सेसनमै नेप्से घटेको थियो । त्यस सुरुवाती कारोबारमा बढ्ने संकेत गरेर २८९०.०५ अंकसम्म चढेपनि दिनभर जस्तो आइतबारको भन्दा तल्लो विन्दुमा कारोबार भएको थियो । तर, २ बजेपछि भने बजारमा क्रमिक सुधार देखियो । आइतबार २८५८.३ विन्दुमा रोकिएको नेप्से सोमबार २८३२.६ विन्दूसम्म झरेको थियो ।
सोमबार १० अर्ब ८२ करोड २४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । आइतबार १३ अर्ब ७ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।