कक्षा १२ को नतिजा आज आउने
काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजे परीक्षा बोर्डको बैठक बस्दै छ ।
१५ साउनभित्र सार्वजनिक हुनुपर्ने नतिजा शिक्षकहरुको आन्दोलनका कारण ढिलाइ हुन पुगेको हो ।