एलएलडिसीको तेस्रो सम्मेलनमा भाग प्रधानमन्त्री ओली पुगे तुर्कमेनिस्तान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागि हुन आज तुर्कमेनिस्तान पुगेका छन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली तुर्कमेनिस्तानको अवाजा सहर पुगेका हुन् ।

यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ गएका हुन् ।

तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार (मन्त्रीपरिषद)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका आवासीय प्रतिनिधि लोकबहादुर थापालगायतले प्रधानमन्त्री ओलीलाई त्यहाँ स्वागत गरेका थिए ।