सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

साउन २० गते, मंगलबार, नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य निरन्तर तेस्रो दिन बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेको हो । सोमबार यस्तो सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । सोमबार तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।