बलेफी हाइड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

बलेफी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

कम्पनीले १८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँबराबरको ३ करोड ६५ लाख ५९ हजार ४०० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ ।