२२ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण माग

काठमाडौं । सरकारले सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना प्रकाशित गरी यी कम्पनीहरूलाई ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

विभिन्न सरकारी निकायहरूको सिफारिसमा यी कम्पनीहरूलाई कालोसूचीमा राख्न लागिएको हो । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ को नियम १४१ को उपनियम ४क अनुसार स्पष्टीकरण सोधेको हो । तोकिएको म्यादभित्र चित्तबुझ्दो जवाफ पेश नगरेमा प्रचलित कानुनअनुसार कालोसूचीमा राखिने सूचनामा उल्लेख छ ।

कालोसूचीका लागि सिफारिस गर्नेहरूमा सडक डिभिजन कार्यालय नुवाकोटदेखि भरतपुर महानगरपालिका, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकम जस्ता निकायहरू रहेका छन् । स्पष्टीकरण माग गरिएका कम्पनीहरूमा अधिकांश स्वदेशी निर्माण व्यवसायीका साथै एक चिनियाँ कम्पनी पनि समावेश छ ।

कालो सूचीमा राख्न लेखी पठाइएका निर्माण व्यवसायी/ आपूर्ति कर्ताहरूको नाम, ठेगाना निम्नअनुसार छन्—

1. श्री गरिबी उद्धार ज्ञानेन्द्र घले एन्ड कुमार निर्माण सेवा, गोसाइँकुण्ड-०६, रसुवा 

(मुख्य व्यक्ति: श्री टेम्पा नुर्बु तामाङ)

2. श्री गौरीगाई निर्माण सेवा, कालिका - ०२, रसुवा 

(मुख्य व्यक्ति: श्री रेव कुमार पौडेल)

3. श्री लोबेन निर्माण सेवा, धुन्चे-०८, रसुवा । 

(मुख्य व्यक्ति: श्री राजु तितुङ तामाङ) 

4. श्री मनकामना कन्स्ट्रक्सन प्रा. लि., पञ्चकन्या - ०३,

नुवाकोट (मुख्य व्यक्ति: श्री नबिन घले) 

5. श्री शिलाकन्या देवी कन्स्ट्रक्सन प्रा.लि., ककनी-०४, कटुन्जे, नुवाकोट

(मुख्य व्यक्ति: श्री सानु माया लामा) 

6. श्री लाङलाङ/मानेज्यार्सा जे.भि., आमाछोदिङमो ०१, रसुवा

(मुख्य व्यक्ति: श्री गोस बहादुर तामाङ) 

7. M/S World Wide-Dhulikhel J.V., Baneshwor-10, Kathmandu 

(मुख्य व्यक्ति: श्री राम शरण बुढाथोकी, श्री ज्ञानु प्रसाद चौलागाई)

8. श्री तिमल्सेना निर्माण सेवा, फिदिम - ०१, पाँचथर

(मुख्य व्यक्ति: श्री सुदन अधिकारी)

9. श्री आर. टी. निर्माण सेवा, धरान उ.म.न.पा-१०, सुनसरी

(मुख्य व्यक्ति: श्री तेज बहादुर लिम्बु) 

10. श्री विनम्र निर्माण सेवा, वीरेन्द्रनगर न.पा. -०८, सुर्खेत

(मुख्य व्यक्ति: श्री मैना शाही) 

11. श्री जायसवाल कन्स्ट्रक्सन, सबैला न. पा. -०३, धनुषा

(मुख्य व्यक्ति: श्री राकेश प्रसाद जायसवाल) 

12. श्री तुल्सी इन्जिनियरिङ कन्स्ट्रक्सन प्रा.लि., काठमाडौँ 

नयाँबानेश्वर, (मुख्य व्यक्ति: श्री कुवेर लम्साल)

13. श्री वाई.पी./बिकास एन्ड ब्रदर्स / आत्रेय जे.भि., नयाँबानेश्वर, काठमाडौँ 

(मुख्य व्यक्ति: श्री राजेश कुमार कुँवर)

14. श्री लोहनी /आत्रेय जे.भि. शंखमूल, काठमाडौँ

(मुख्य व्यक्ति: श्री राम कुमार थापा) 

15. श्री मेडिवेल फार्मेसी प्रा.लि., बूढानीलकण्ठ न.पा. - १०, काठमाडौँ

(मुख्य व्यक्ति: श्री रमेश आचार्य) 

16. श्री प्राप्ती इन्टरप्राइजेज प्रा. लि., का.म.न.पा.-१४, कुलेश्वर, काठमाडौँ

(मुख्य व्यक्ति: श्री जीना थापा)

17. श्री अनिवार्य बिल्डर्स प्रा.लि., महाराजगञ्ज, काठमाडौँ 

(मुख्य व्यक्ति: श्री खड्गप्रसाद अमगाई)

18. M/S Genew Technologies Co. Ltd., China 5-6 Th, 11th Floor Richinfo Innovation Center, 3176 South Keyuan Road, Nanshan District, 518057, Shenzen, China. 

(मुख्य व्यक्ति: श्री Qi Qinggui)

19. श्री दिनकर कन्स्ट्रक्सन प्रा.लि., मलङ्गवा न. पा. - ०२, सर्लाही

(मुख्य व्यक्ति: श्री ओम प्रकाश यादव) 

20. M/S CICO-KCCPL JV, Maijubahal, Kathmandu

1. M/S Chongqing International Construction Corporation 

(मुख्य व्यक्ति: श्री Chen Zhiqi)

समन्वय एकाइ, श्रीमहल, पुल्चोक,

2. M/S Kanchharam Construction Company Pvt. Ltd.,

(मुख्य व्यक्ति: श्री दिपक थिङ)

21. श्री न्यू डि.पि. निर्माण सेवा, चावहिल, काठमाडौँ 

(मुख्य व्यक्ति: श्री ध्रुव प्रसाद भट्टराई)

22. श्री Koju Engineering and Builders Pvt.Ltd., 

बबरमहल, काठमाडौँ

(मुख्य व्यक्ति: श्री तुल्सी राम कोजु)