टाटा इभी अटो कार्निभल आजबाट सुरु, एकजना विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ पाउने
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आजबाट साउन २५ गते सम्म ‘टाटा ईभी अटो कार्निभल’नामक विशेष कार्यक्रम सुरु गरेको छ।
कर्निभलमा ग्राहकहरूले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरु जस्तै टियागो.ईभी, कर्भ.र्ईभी, नेक्सन के ३.ईभी, र पन्च.ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन्।
‘टाटा ईभी अटो कार्निभल’ कार्यक्रम अन्तर्गत ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यस अवसरमा ग्राहकहरूले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्यांकन गर्दा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्ने जनाइएको छ।
कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक भाग्यशाली विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसरसमेत प्राप्त गर्नेछन्। यो अफर साउन २३ देखि २५ (८ देखि १० अगस्ट) गतेसम्म मात्र उपलब्ध हुने सिप्रदी ट्रेडिङले जनाएको छ।