भारतले ड्रोन बटालियन निर्माण गर्ने

भारतले ड्रोन बटालियन निर्माण गर्ने भएको छ । योसंगै ड्रोन बटालियन गर्ने भारत पहिलो देश हुने भएको छ । 

भारतीय सेनाको आर्टिलरी, इन्फेन्ट्री र आर्मर्ड डिभिजन अन्तरगत रहने गरि ड्रोन बटालियन बनाउने निर्णय भएको र त्यसलाई तुरुन्तै कार्यान्वयनमा ल्याइने भारतीय रक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ड्रोन बटालियन संचालनका लागि सेनाका अधिकारीहरूलाई ड्रोनको विभिन्न अपरेसनमा छुट्टै उच्चस्तरीय प्रशिक्षण दिइनेछ।

ड्रोन बटालियन अन्तरगत दुई प्रकारका ड्रोनहरू हुनेछन् । एउटा आक्रमणकारी ड्रोन र अर्को निगरानी ड्रोन। निगरानी ड्रोनले लक्ष्य कहाँ छ भनेर हेर्नेछ र आक्रमण ड्रोनलाई सङ्केत दिनेछ । ड्रोन तीन प्रकारका तिनवटा श्रेणीहरू छन् । छोटो दूरीका ड्रोनहरू, जुन २० देखि ५० किलोमिटरसम्म काम गर्छन् । मध्यम र उच्च स्तरका ड्रोनहरू, जुन विस्तारित दूरीका लागि उड्न सक्छन् । र परिष्कृत आक्रमण ड्रोनहरू,  MQ-NB

स्मरणरहोस् भारतले अमेरिकाबाट साढे ३ अर्ब डलरको लागतमा ३१ वटा ड्रोन खरिद केही समय पहिले खरिद गरेको थियो । भारतले इजरायलबाट हार्पी, ह्यारप र हेरोन वर्गका ड्रोनहरू खरिद गरेको छ, जसलाई केही महिना अघि पाकिस्तान विरुद्धको अपरेसन सिन्दूरमा पनि व्यापक रूपमा प्रयोग गरिएको थियो । अहिले भारतले आफ्नै घरेलु ड्रोन पनि बनाइरहेको छ।

लद्दाख र अरुणाचल प्रदेश जस्ता उच्च उचाइमा रहेका पाहाडी क्षेत्रहरूमा सैनिकहरूलाई हतियार र खाना पुर्याउन पनि ड्रोनको प्रयोग भइरहेको छ।

ड्रोन प्रविधिमा तिन देशले सबैभन्दा धेरै प्रगति गरेका छन्, हिले इजरायलले अत्याधुनिक ड्रोन बनायो, त्यसपछि अमेरिकाले यसमा महारत हासिल गऱ्यो र अब चीन यस क्षेत्रमा तीव्र गतिमा अघि बढिरहेको छ। र, अब भारत उनीहरुको पछि पछि कुदिरहेको छ ।