मोर्बिडेली नेपालद्वारा टी ३५२ एक्स र टी २५२ एक्स मोटरसाइकल सार्वजनिक

काठमाडौं। मोर्बिडेली नेपालले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा टी ३५२ एक्सटी २५२ एक्स मोटरसाइकलहरू भव्य रूपमा सार्वजनिक मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू टी ३५२ एक्सटी २५२ एक्स पहिलोपटक भव्य रूपमा सार्वजनिक गरेको छ ।

इटालियन डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनमा निर्मित यी मोटरसाइकलहरू नेपालको भू-भाग र सडक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएका छन् । मोर्बिडेली टी ३५२ एक्स : उच्च प्रदर्शन र साहसिक क्षमता टी ३५२ एक्स एक मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो जसले नेपालको कठिन भू-भागमा भरपर्दो र सन्तुलित सवारी अनुभव प्रदान गर्छ।

मोर्बिडेली टी ३५२ एक्स प्रमुख विशेषताहरू: ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन: ४०.९ एचपी @ ८,५०० आरपीएम र ३१.५ एनएम टर्क छ भने ६-स्पीड गियरबक्स, बोश डुअल च्यानल एबीएस, स्लिपर क्लच, र ७-इन्च टीएफटी डिस्प्ले (मोर्बिडेली कनेक्ट एपसँग एकीकृत) छ ।

साथै उत्कृष्ट ह्यान्डलिङ: पिरेली स्कॉर्पियन टायर, यूएसडी फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन, र १८ लिटरको इन्धन ट्याङ्कउपलब्ध छ ।

मोर्बिडेली टी ३५२ एक्स शोरूम मूल्य: रू. ९,९७,०००/- रहेको छ भने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुक गर्दा मूल्य: रू. ९,२३ ,००० /- मा पाउन सकिन्छ।

मोर्बिडेली टी ३५२ एक्स स्टाइल, सहजता र किफायती मूल्य टी २५२ एक्स विशेष गरी युवा र प्रारम्भिक स्तरका राइडरहरूलाई लक्षित गरी डिजाइन गरिएको छ, जसले शहरी सवारीमा उत्कृष्ट प्रदर्शन र स्टाइल प्रदान गर्छ।

यसका प्रमुख विशेषताहरू: २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन — ३३.५ एचपी @ १२,००० आरपीएम र २१.५ एनएम टर्क रहेको छ भने ६-स्पीड गियरबक्स, डुअल च्यानल एबीएस, स्लिपर क्लच रहेको छ साथै १७ इन्च एलोय ह्वील, यूएसडी फ्रन्ट फोर्क, टीएफटी डिस्प्लेउपलब्ध छ।

नेपाली राइडरहरूका लागि प्रतिबद्धता मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले भने, “टी ३५२ एक्सटी २५२ एक्स मार्फत हामी नेपाली बाइकरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं । यी मोटरसाइकलहरूले नेपालको सडक र अफ-रोड दुवैमा रोमाञ्चक यात्रा सुनिश्चित गर्नेछन् ।”

घिमिरेले बिक्री पछिको सेवामा उच्च प्राथमिकता दिँदै स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

विशेष अफर र छुट नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा मोर्बिडेली र बेनेलिका अन्य मोडलहरू विशेष छुटका साथ बुकिङ गर्न सकिनेछ । साथै बेनेलिका मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट उपलब्ध छ।

मोर्बिडेलीको स्टल नं. सी५ मा आगन्तुकहरूले निःशुल्क टेस्ट राइड, विशेष छुट, र आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् । थप जानकारी आवश्यक परेमा र मोटरसाइकलहरूको बारेमा विस्तृत जानकारी चाहिएमा ९८०१२३९९३६ मा सम्पर्क गर्न सकिनेछ ।