नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने, १२५ प्रदर्शक सहभागि हुने

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको पनि उपस्थिति रहेको थियो ।

काठमाडौं । आगामी भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीलाई भेट गरी उद्घाटनका लागि अनुरोध गरेको थियो । प्रधानमन्त्रीले आफूहरुको अनुरोध स्वीकार गरेको नाडाका पदाधिकारीले जनाएका छन् ।

भेटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल र केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेलको पनि उपस्थिति रहेको थियो ।

नाडा अटो शो यस यस वर्ष नाडाको ५०औं वार्षिकोत्सवको अवसरमा हुँदैछ । यस वर्षको प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकको सहभागिता, ३० भन्दा बढी सवारी साधनका ब्रान्ड, विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका समाधान र भिन्टेज मोटर शो रहेका छन् ।

यस वर्ष दुई महिनामा दुईवटा अटो शो हुने भएका छन् । हालैमात्र स्थापना भएको नाइमाले पनि मोबिलिटी एक्स्पोको नाममा भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गरेको छ । यो प्रदर्शनी २१ साउनमा सुरु भएको हो भने २६ साउनमा सकिँदैछ ।