सुन तोलामा ११ सय रुपैयाँ घट्यो

साउन २६ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आईतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको छ । आइतबारको बजारमा चाँदी दुई हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।